Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

  • आइतवार, आषाढ ५ २०७९

  • 493
    SHARES

  • रुकुम पश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

    जाजरकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।

    रुकुमको राडीबाट रिम्नातर्फ छुटेको ग१ज १८९७ नम्बरको जिप दुर्घटना हुँदा त्यसका चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन्।

    जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ। प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो।

     


    आइतवार, आषाढ ५ २०७९०६:४५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij