Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

असाम र मेघालयमा भीषण बाढी, कम्तीमा ३१ जनाको मृत्यु

असाम र मेघालयमा भीषण बाढी, कम्तीमा ३१ जनाको मृत्यु

  • शनिवार, आषाढ ४ २०७९

  • 666
    SHARES

  • असाम र मेघालयमा भीषण बाढी, कम्तीमा ३१ जनाको मृत्यु
    काठमाडौं । असाम र मेघालयमा वर्षापछिको बाढी पहिरोमा परेर ३१ जनाको मृत्यु भएको छ । आसामका २८ जिल्लाका कम्तीमा १९ लाख मानिस बाढीबाट प्रभावित भएका छन् । 
     
    बाढीबाट बजाली जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । ब्रह्मपुत्र र गौराङ्गा नदीमा पानीको सतह धेरै क्षेत्रमा खतराको स्तरभन्दा माथि बगिरहेको अधिकारीहरूले बताएका छन् । 
     
    असममा पछिल्लो दुई दिनमा आएको बाढीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । मेघालय प्रशासनले पछिल्लो २ दिनमा १९ जनाको मृत्यु भएको जनाएको छ । 
     
    बाढी प्रभावित जिल्लाका प्रशासनले सतर्कता जारी गर्दै मानिसहरूलाई अत्यावश्यक वा आपतकालिन अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।
     


    शनिवार, आषाढ ४ २०७९०१:४०:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij