Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरो खसेर बन्द पृथ्वी राजमार्ग खुल्यो

पहिरो खसेर बन्द पृथ्वी राजमार्ग खुल्यो

  • शनिवार, आषाढ ४ २०७९

  • 391
    SHARES

  • पहिरो खसेर बन्द पृथ्वी राजमार्ग खुल्यो

    काठमाडौं । वर्षापछिको पहिरो खसेर बन्द भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी नै बन्द भएको थियो ।

    पहिरो हटाएर आज दिउँसो साढे २ बजेदेखि राजमार्ग दुईतर्फीरूपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    सङ्घीय राजधानी काठमाण्डौ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक बन्द हुँदै आएको छ ।


    शनिवार, आषाढ ४ २०७९०८:३५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij