Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

  • शनिवार, आषाढ ४ २०७९

  • 703
    SHARES

  • यी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर स्थानीय वायुको प्रभाव छ।

    प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जानकारी दिएको छ।

    विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भगमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ।

    आज (शनिबार) दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    यस्तै, शनिबार राति प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी भू-भागहरुमा आंशिक रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

    प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्नेतर्फ महाशाखाले सचेत गराएको छ।


    शनिवार, आषाढ ४ २०७९०६:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij