Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा युवतीलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको आरोपमा ६ जना पक्राउ

काठमाडौंमा युवतीलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको आरोपमा ६ जना पक्राउ

  • शुक्रवार, आषाढ ३ २०७९

  • 1.1K
    SHARES

  • काठमाडौंमा युवतीलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको आरोपमा ६ जना पक्राउ
    काठमाडौं । युवतीलाई प्रयोग गरेर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
     
    उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाका विभिन्न स्थानमा अपराधिक लाभ लिने उद्देश्यले युवतीको प्रयोग गरी ब्ल्याकमेल गर्ने गिरोहलाई समातेको हो ।
     
    कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनीषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जीव दर्जी, मेलुङ-५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामा छन् ।
     
    एसपी कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरूलाई खाजा खाने बहानामा रेस्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने गरेका थिए । त्यसपछि ती व्यक्तिहरूको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका थिए ।
     
    ‘सबै विवरण सङ्कलन गरेर झुट्टा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको पाइएको छ’ कोइरालाले भने, ‘दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी मासिक हैरानी दिने गरेको खुलेको छ ।’
     
    पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघातको कसुर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।


    शुक्रवार, आषाढ ३ २०७९०५:५७:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij