काठमाडौं । देशका धेरै स्थानमा वर्षा भइरहेको छ।
हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। मनसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ। खासगरी पूर्वी नेपालका नदी तथा खोलामा पानीको बहाव धेरै बढेको छ।
पाँचथरस्थित तमोर नदी माझिटारमा जल सतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ताप्लेजुङको काबेली नदीमा पनि जल सतहले सतर्कता तह पार गरेको छ।
बहाव बढ्दो क्रममा रहेकोले काबेली र तमोर नदीको तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।उक्त नदीको तटीय क्षेत्रमा बस्नेलाई सतर्क हुन विभागले आग्रह गरेको छ।
प्रदेश–१ र मधेस प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उक्त प्रदेशको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। हाल प्रदेश–१, मधेस प्रदेश, बागमी प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ।