Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सिपिएल : सन्दीपले विकेट लिनका बावजुद जमैकाको हार टरेन

सिपिएल : सन्दीपले विकेट लिनका बावजुद जमैकाको हार टरेन

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.1K
    SHARES

  • सिपिएल : सन्दीपले विकेट लिनका बावजुद जमैकाको हार टरेन

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज पराजित भएको छ । क्यारेवियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत आफ्नो दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको हो ।

    जमैकाले दिएको १३६ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले १८.१ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । ट्रिनबागोका लागि सुनिल नरायणले अर्धशतकीय पारी खेले । ३८ बलमा ७ चौका र दुई छक्कासहित उनले ५३ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

    त्यस्तै, कोरिन मुन्रोले ४६ बलको सामना गर्दै ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रनमा अविजित रहेका थिए । जमैकाका लागि नेपाली बलर सन्दीपले एक विकेट लिए । उनले चार ओभर बलिङ गर्दै ३० रन खर्चेर एक विकेट लिएका हुन् । त्यसैगरी, मुजिद उर रहमान र एडवार्डले एक–एक विकेट लिएका थिए ।

    यसअघि, ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जमैकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन जोडेको थियो ।


    शुक्रवार, भाद्र ५ २०७७०१:१५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij