Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पाउने भए पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले कोरोना विरुद्धको खोप, २२ लाख खोप आइतबार पुग्दै 

पाउने भए पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले कोरोना विरुद्धको खोप, २२ लाख खोप आइतबार पुग्दै 

  • बिहिवार, आषाढ २ २०७९

  • 652
    SHARES

  • पाउने भए पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले कोरोना विरुद्धको खोप, २२ लाख खोप आइतबार पुग्दै 
    काठमाडौं । पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप १९ जुन अर्थात् आगामी आइतबार नेपाल आइपुग्ने भएको छ ।
     
    स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यपालिका छ । खोप घोल्न आवश्यक पर्ने घोलक भने २ लाख २० हजार ८ सय भायल आइपुगिसकेको चौरासियाले जानकारी दिनुभयो । 
     
    ‘खोपलाई भण्डारण गरेर राखिँदैन । खोप आउने बित्तिकै विमानस्थलबाट वितरण गछौं,’ चौरासियाले भन्नुभयो ।  असारको ८-९ बाट नै बालबालिकालाई खोप लगाउन सुरु गरिनेछ ।’
     
    नेपालले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज निःशुल्क पाएको हो । यसभन्दा अगाडी सरकारले ५ देखि ११ वर्ष उमेर समूहमा खोप लगाउन साढे ६ अरब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
     
    परिवार कल्याण महाशाखाका अनुसार ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ ।
     
    पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।
     
    महाशाखाका अनुसार देशैभरका विद्यालयमा खोप केन्द्र तोकी खोप कार्यक्रम सञ्चालन हुनेछ । यो खोप बालबालिकालाई ०.२ एमएलका दरले दुई डोज लगाउनुपर्छ। अहिलेसम्म लक्षित जनसङ्ख्याको ९६ प्रतिशत बढीले एक मात्रा र ८६ प्रतिशतले पूर्ण मात्रा खोप पाएका छन्।
     
    महाशाखाका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नम्बर १ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट : सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट : काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाबाट खोप पाउनेछन् ।
     
    त्यसैगरी, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।


    बिहिवार, आषाढ २ २०७९०१:४१:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij