Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशका ४१ जिल्लामा निषेधाज्ञा, व्यक्तिगत सतर्कतामा जोड दिन सुझाव

देशका ४१ जिल्लामा निषेधाज्ञा, व्यक्तिगत सतर्कतामा जोड दिन सुझाव

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.1K
    SHARES

  • देशका ४१ जिल्लामा निषेधाज्ञा, व्यक्तिगत सतर्कतामा जोड दिन सुझाव

    कोरोनाको सङ्क्रमण थप फैलिन नदिन भन्दै देशका आधाभन्दा बढी जिल्लामा स्थानीय प्रशासनहरुले निषेधाज्ञा जारी गरेका छन् । देशका ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ । काठमाण्डौ उपत्यकाका तीनवटै जिल्लामा बुधवार राति १२ बजेदेखि एक हप्ते निषेधाज्ञा जारी छ ।

    देशका धेरै ठाउँमा निषेधाज्ञा जारी गरिएपनि कोरोना नियन्त्रणको उपाय यो मात्रै नभएको विज्ञहरुले बताएका छन् । विषेधाज्ञालाई तयारीका लागि मात्रै उपयोग गर्नु पर्ने र सधैं निषेधाज्ञा उपयुक्त, संभव र व्यवहारिक नहुने उनीहरुको भनाई छ । जहाँसक्रिय सङ्क्रमित छन् त्यहाँ मानिसहरूको गतिविधिलाई निषेध गर्न र वरपरका जिल्लामा सतर्कता अपनाउन उनीहरुले सुझाव दिदै आएका छन् ।

    लकडाउन वा निषेधाज्ञाका बेला र त्यसपछि गरिने काम महत्वपूर्ण भएको जनस्वास्थ्यविद् डा. शरदराज वन्तको भनाई छ । विगतमा लकडाउनपछिका गतिविधिलाई व्यवस्थित गर्ने सन्दर्भमा सरकार चुकेको उहाँको टिप्पणी छ ।

    खासगरी पछिल्लो पटक लकडाउनलाई खुकुलो गरिएपछि मानिसहरूले जनस्वास्थ्यसम्बन्धी सुरक्षाका उपायहरूलाई गम्भीरतापूर्वक नलिएको सरकारी अधिकारी तथा जनस्वास्थ्यविद्हरू बताउँछन्।


    शुक्रवार, भाद्र ५ २०७७०९:४०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij