काठमाडौं । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा बुधबार(आज) दिउँसो पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो।
अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।