काठमाडौं । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको बताइएको छ।
हिजो राति दाङबाट बुटवलमा आएकी वलीलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिनुभयो ।
‘केही समयअघि बेहोस अवस्थामा आएकी वलीलाई सुगरको मात्रा बढी रहेको अस्पतालले जनाएको छ । अहिले स्लाइन दिएर क्याबिनमा उपचार थालिएको अस्पतालले जनाएको छ ।
हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।