Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.2K
    SHARES

  • भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

    कोरोना संक्रमणका कारण चीतवनमा थप एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।

    अस्पतालले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेका छन् । अस्पतालले जारी गरिगरेको सूचनाअनुसार विगत ६ दिनदेखि कोभिड–१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहीबार मृत्यु भएको हो ।

    मृतक पुरुष दीर्घरोगी रहेको र उनलाई क्षयरोग, खुट्टा नचल्ने, मृर्गौलामा समस्या रहेको अस्पतालका कोभिड–१९ क्लिनिकल संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ ।


    शुक्रवार, भाद्र ५ २०७७०७:५५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij