Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

जनक शिक्षा बाहेक पुस्तक छपाइको जिम्मा क-कसलाई दिईयो ?

जनक शिक्षा बाहेक पुस्तक छपाइको जिम्मा क-कसलाई दिईयो ?

  • मंगलवार, जेठ ३१ २०७९

  • 569
    SHARES

  • जनक शिक्षा बाहेक पुस्तक छपाइको जिम्मा क-कसलाई दिईयो ?
    काठमाडौं । सरकारले कक्षा ११-१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ ।
     
    मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरूले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराउनुभएको हो । 
     
    ‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११-१२ को साझा प्रकाशन मार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएको छ’ मन्त्री पौडेलले भन्नुभयो ।
     
    कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिएकामा उसले पुस्तक छापिसकेको छ ।
     
    जनक शिक्षाले ४ देखि १० कक्षासम्मको पुस्तक छपाइ अहिलेसम्म सकेको छैन । जनक शिक्षाले यस वर्ष १ करोड ९६ लाख थान पुस्तक छपाइ गर्नुपर्नेमा हालसम्म १ करोड ७० लाख थान मात्र पुस्तक छपाइ गरेकाले विद्यार्थीले अभाव भोग्नुपरेको छ ।
     
    सोही कारण सरकारले ११ र १२ को पुस्तक छपाइको जिम्मा भने साझा प्रकाशनलाई दिएको हो ।
     
    जनक शिक्षाको छापाखानाले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ गर्नुपरेको र रुस युक्रेन युद्धका कारण कागज अभाव भएको कारण पुस्तक छपाइमा ढिला भएको मन्त्री पौडेलले बताउनुभएको छ । 


    मंगलवार, जेठ ३१ २०७९०३:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij