Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विमला ओलीलाई यतिसम्म कारबाही हुनसक्छ ! (भिडियोसहित)

विमला ओलीलाई यतिसम्म कारबाही हुनसक्छ ! (भिडियोसहित)

  • मंगलवार, जेठ ३१ २०७९

  • 2.9K
    SHARES

  • विमला ओलीलाई यतिसम्म कारबाही हुनसक्छ !  (भिडियोसहित)

    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले पदको दुरुपयोग गर्दै पीएसओसहित दलबल लगेर एकराज बस्नेतकी श्रीमती र छोरीमाथि हातपात गरेको घटनाको चौतफी आलोचना शुरु भएको छ ।

    लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय र माओवादी केन्द्रले भने यसबारे अहिलेसम्म चुइक्क बोलेको छैन । एकराजको घरमा प्रवेश गरी हातपात गरेको भिडियो सार्वजनिक हुँदा पनि माओवादीबाट कुनै जवाफ नआएको भन्दै सर्वसाधारणहरु आक्रोशित भएका छन् ।

    नाबालिकामाथि हातपात गर्ने वलीलाई कडा कारबाही हुनुपर्ने माग उठिरहेका बेला नेपाली रेडियो नेटवर्कले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग कुराकानी गरेको थियो । त्रिपाठीका अनुसार यो घटनालाई गहिरो रुपमा अध्ययन आवश्यक छ । अर्काको श्रीमती, छोरी छ भन्ने थाहा हुँदाहुँदै प्रेमी बनाउने र हातपात गर्ने विषय ज्यादती रहेको उहाँको भनाइ छ ।

    विमला वलीलाई हातपात र बहुविवाहको मुद्धा दर्ता गर्न मिल्ने त्रिपाठीको भनाइ छ । राज्यशक्तिको दुरुपयोग गरी हातपात गर्नु गलत भएको भन्दै त्रिपाठीले एकराज बस्नेतमाथि पनि कारबाही हुने बताउनुभयो ।

    भिडियो हेर्नुहोस् : 


    मंगलवार, जेठ ३१ २०७९०८:३४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij