Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रेममा पागलपन, विमला वलीमाथि कारबाही प्रारम्भ !

प्रेममा पागलपन, विमला वलीमाथि कारबाही प्रारम्भ !

  • मंगलवार, जेठ ३१ २०७९

  • 1.4K
    SHARES

  • प्रेममा पागलपन, विमला वलीमाथि कारबाही प्रारम्भ !

    काठमाडौं । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीलाई जिल्ला प्रहरी कार्यालय दाङ लगिएको छ । प्रेमी एकराज बस्नेतकी छोरी र श्रीमतीलाई कुटपिटको आरोप लागेपछि वलीलाई जिप्रका दाङ चलान गरिएको हो ।

    उनीविरुद्धको मुद्दा जिप्रकाबाटै अघि बढाइने दाङ प्रहरीले जनाएको छ । विमलाले आज बिहान प्रेमी बस्नेतको तुलसीपुर ५ आलुमण्डीस्थित घरमै गएर एकराजकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीलाई हातपात गरेकी थिइन् ।

    विमलाको कुटाइबाट मीनाको अनुहार र छातीमा चोटपटक लागेको छ भने कुर्ता च्यातिएको छ । विमला एकराजको घरमा पीएसओसहित झण्डावाल गाडीमा पुगेकी थिइन् ।

    विमलालाई प्रहरीले इप्रकाबाट बाहिर निकाल्दा पीडितका आफन्तले ईप्रकाको गेटमा नाराबाजी गरेका थिए । प्रहरीले नाराबाजी गर्नेमाथि सामान्य बल प्रयोग गरी विमलालाई जिप्रका लगेको हो ।

    श्रीमानको प्रेमिकाबाट कुटिएकी बस्नेतले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिन जिप्रका दाङ जाँदै छिन् ।


    मंगलवार, जेठ ३१ २०७९०१:३६:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij