Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा निषेधाज्ञा: बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन

काठमाडौंमा निषेधाज्ञा: बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.3K
    SHARES

  • काठमाडौंमा  निषेधाज्ञा: बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन

    काठमाडौं । बैंकका कर्मचारीलाई नरोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर बैंकका कर्मचारीलाई नरोक्न निर्देशन दिएको हो ।

    आज प्रहरीले उपत्यकामा बैंकका कर्मचारीलाई बाटोमै रोकेपछि बैंकर्स संघले सवै बैंकका शाखा बन्द गर्ने निर्णय गरेको थियो । अत्यावश्यक सेवाभित्र पर्ने बैंकलाई संचालनका लागि सहजता प्रदान गर्न बैंकर्स संघले आव्हान गरेसँगै गृहको उक्त निर्देशन आएको हो ।

    गृहले उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई पत्र पठाएर अत्यावश्यक सेवाभित्र रहेको बैङ्किङ प्रणाली संचालनमा ल्याउन कर्मचारीलाई कार्यालय आउजाउ गर्न दिने वातावरण बनाउन निर्देशन दिएको हो ।


    बिहिवार, भाद्र ४ २०७७०८:००:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij