Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

‘घर र इन्टरनेट बाहिर समय बिताउने सुरक्षित स्थान भए लागुऔषध दुर्व्यसनबाट युवायुवतीलाई जोगाउन मद्दत पुग्छ’

‘घर र इन्टरनेट बाहिर समय बिताउने सुरक्षित स्थान भए लागुऔषध दुर्व्यसनबाट युवायुवतीलाई जोगाउन मद्दत पुग्छ’

  • सोमवार, जेठ ३० २०७९

  • 545
    SHARES

  • ‘घर र इन्टरनेट बाहिर समय बिताउने सुरक्षित स्थान भए लागुऔषध दुर्व्यसनबाट युवायुवतीलाई जोगाउन मद्दत पुग्छ’

    काठमाडौं । घर र मोबाइलबाहेक बाहिर समय बिताउने सुरक्षित स्थानको कमिले लागुऔषधको दुर्व्यसनमा युवायुवती फस्ने खतरा बढेको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् ।

    आज (सोमबार) सामु्दायिक सारथी र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा राजधानीमा भएको लागुऔषधको दुर्व्यसन बिरुद्धको अभियानमा सारोकारवाला निकायसँगको छलफल सम्पन्न कार्यक्रममा सहभागी एक युवा विद्यार्थीले बाहिर खेल्ने र फ्रेस हुने सुरक्षित सार्वजनिक स्थान नभएकाले घर र मोबाइलमै मात्रै व्यस्त हुने र विभिन्न नकारात्मक कुराहरुमा केन्द्रित हुने भएका कारण दुव्र्यसनीमा फस्ने खतरा रहेको बताएका हुन् । यस्तै त्यस्ता सार्वजनिक स्थानको सहज उपलब्धता भए लागुऔषध दुर्व्यसनबाट युवायुवतीलाई जोगाउन मद्दत पुग्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ । 

    युवायुवतीलाई लागु औषधबाट टाढै राख्न अभिभावक, शिक्षक, साथी र समाजको पनि महत्वपूर्ण भूमिका रहने पनि कार्यक्रममा जोड दिइएको छ । घरमा छोराछोरीको क्रियाकलापमा अभिभावकले विशेष ध्यान दिनुपर्ने, विद्यालयमा शिक्षककले विद्यार्थीको क्रियाकलापमा ध्यान दिनुकासाथै बेलाबेलामा स्वास्थ्य परिक्षण पनि गर्नुपर्ने सहभागी विद्यार्थीहरुको माग रहेको छ ।

    286210521_5449187025129018_6890372033993990621_n.jpg

    सहभागी विद्याथीले भने, ‘घरदेखि विद्यालयको गेटमा पुग्नेबेला र विद्यालयदेखि घरभीत्र छिर्नेबेलासम्मको बीचको समय अति जोखिम बिग्रन सक्ने भएकाले यो बीचको समयमा अभिभावक विशेष सतर्क हुनपर्छ र बिचबिचमा विद्यालयमा गएर आफ्ना छोराछोरीको क्रियाकलाप, बिद्यालय पुग्ने र फर्किने समयतालिका लगायतकाबारेमा शिक्षक र साथीहरुसँग बुझ्न सोध्न अति आवश्यक छ ।’

     

    286650104_5449186985129022_7896013303068506455_n.jpg

     

    287971663_5449187051795682_797001258741027658_n.jpg

    यस्तै कार्यक्रममा पुलिसले सर्वसाधारणमाथि गर्ने व्यवहारप्रति पनि गुनासो गरिएको थियो । सातै प्रदेशमध्ये काठमाडौंमा दुव्र्यसनमा फस्नेको संख्या धेरै र बढि जोखिम हुने पनि कार्यक्रममा औल्याइएको छ ।

    महानगरका प्रमुख प्रशासकिय अधिकृत लोकनाथ पौड्यालले महानगरमा आएका नयाँ जनप्रतिनिधि युवा राम्रो विकाशका काम गर्नतर्फ कटिवद्ध रहेका भएकाले महानगरले युवालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो । लागुऔषध दुव्र्यसनी न्युनिकरणका लागि योजना र कार्यक्रम नै ल्याएर कडारुपमा काम गर्ने उहाँको भनाइ छ ।

    कार्यक्रमलाई सामु्दायिक सारथीका निर्देशक तारा बहादुर भण्डारीले सञ्चालन गर्नुभएको थियो भने गृह, नेपाल पुलिस, मानव सेवा आश्रम, नार्कोनन नेपाल, विभिन्न कलेजका विद्यार्थी र पत्रकारको सहभागिता रहेको थियो ।

     


    सोमवार, जेठ ३० २०७९०७:०२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij