काठमाडौँ । राजनीतिक आन्दोलनका नेता, पत्रकार एवं साहित्यकार टिआर विश्वकर्मालाई दलित आन्दोलनले नै बिर्सिएको गुनासो दलित आन्दोलनका नेताहरुले गरेका छन । दलित आन्दोलनका संस्थापक टिआर विश्वकर्माको योगदनालाई आझेलमा परिएको चर्चा भएको छ । दलित आन्दोलनले इतिहासलाई सही मूल्याकंन गर्न नसकेको पनि चर्चा गरिएको छ ।
टिआर विश्वकर्माको ३० औं स्मृति दिवसका अवसरमा बिहिवार राष्ट्रिय दलित पत्रकार संघ नेपालद्धारा आयोजित भर्चुअल विमर्श कार्यक्रममा टिआर नेपाली राजनीति, साहित्य, पत्रकारिता र दलित आन्दालनको प्रणेता भएको चर्चा गरिएको छ ।
नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार हरिहर विरहीले टिआर विश्वकर्मा नेपाली पत्रकारिताको अग्रणी व्यक्तित्व भएको चर्चा गरे । उने भने “टिआर नेपाली पत्रकारिताको अग्रणी व्यक्तित्व हो, पत्रकारिताको विकासमा उहाँको ठूलो योगदान छ, मातृभूमि पत्रिकामा उहाँले काम गर्नुहुन्थ्यो ।”
दलित साहित्य तथा संस्कृत प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले नेपालको सामाजिक, राजनीतिक, साहित्य तथा पत्रकारिता क्षेत्रमा टिआर विश्वकर्माको योगदानलाई छाँयामा पारिएको दावी गरे । राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले भने “टिआर विश्वकर्मा नेपाली साहित्य, राजनीतिक, दलित आन्दोलन र पत्रकारिता क्षेत्रले विर्सन नहुने नाम हो ।”
नेता सिके गदाल भन्छन “राजनीतिक व्यक्तित्व भएपनि उहाँ पत्रकार भएर काम गर्नुभयो, सम्पादक हुनुभयो, २०२६ सालमा मैले चिन्दा उहाँ मातृभुमि पत्रिकामा काम गर्नुहुन्थ्यो ।” नेता कमला हेमचुरीले टिआर विश्वकर्मा पत्रकारिता साहित्यसँगै राजनीतिक व्यक्तित्व भएकोे र दलित आन्दोलनलाई संस्थागत गर्नु योगदान पुर्याएको बताइन ।
कार्यक्रममा वरिष्ठ पत्रकार कसमश बिश्वकर्माले “इतिहास कोट्याउ तर इतिहासलाई सही तरिकाले वर्णन गरौँ” भने । टिआर विश्वकर्मा मातृभूमी पत्रिकासँगै २०२६ सालमा दलित आवाज मासिक र २०३५ सालमा सञ्जिवनी मासिकको सम्पादक हुनुहुन्थ्यो । कार्यक्रममा सरोजदिलु विश्वकर्मा लगायत बोलेका थिए ।