Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बिजुली तारमा झुन्डिएका माइलालाई एक संस्थाको जिम्मा लगाइयो 

बिजुली तारमा झुन्डिएका माइलालाई एक संस्थाको जिम्मा लगाइयो 

  • आइतवार, जेठ २९ २०७९

  • 555
    SHARES

  • बिजुली तारमा झुन्डिएका माइलालाई एक संस्थाको जिम्मा लगाइयो 
    काठमाडौं । ककनीको त्रिशूली 'थ्री ए' को प्रसारण लाइनमा झुन्डिएका माइला विकलाई काठमाडौंको एक संस्थामा जिम्मा लगाइएको छ। 
     
    नुवाकोटको बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ घर भएका विकलाई काठमाडौंको तार्केश्वर नगरपालिकाको फुटुङस्थित नवजीवन परोपकार संस्थामा राखिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिनुभयो । 
     
    ककनी गाउँपालिका-७ स्थित प्रसारण लाइनमा शनिबार उनी दिनभर झुन्डिएका थिए। प्रसारण लाइनमा झुन्डिएपछि प्रहरी, सशस्त्र प्रहरीले उद्धार गर्न खोजेका थिए। तर पछि नमानेपछि नेपाली सेनाको टोलीले राति उद्धार गरेको थियो। 
     
    उद्धार गरेपछि उनलाई प्रहरीको जिम्मा छाडिएको थियो। उनलाई सुरुमा ललितपुरको पाटन मानसिक अस्पतालमा राख्ने तयारी गरिएको थियो। 
     
    तर हेरचाह गर्ने कोही नभएपछि प्रहरीले उनलाई संस्थाको जिम्मामा लगाएको हो। ‘संस्थाले पनि हामी हेरचाह र उपचार पनि गराउँछौँ भनेपछि उनीहरूको जिम्मा लगाइएको हो,’ प्रहरी नायब उपरीक्षक खड्काले भन्नुभयो। 
     
    प्रहरीका अनुसार उनी मानसिक रूपमा अस्वस्थ छन्। उनी परिवारसँग पनि छुट्टिएर बसेको प्रहरीले बताएको छ। 
     
     


    आइतवार, जेठ २९ २०७९०५:५०:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij