Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी गर्ने ५ जना पक्राउ

गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी गर्ने ५ जना पक्राउ

  • आइतवार, जेठ २९ २०७९

  • 372
    SHARES

  • गुडियामा लुकाएर ब्राउन सुगरको तस्करी गर्ने ५ जना पक्राउ
    काठमाडौं । नेपाल भारत सीमा क्षेत्र जमुनाहाबाट लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन् ।
     
    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतबाट आउँदै गर्दा जाँच गर्ने क्रममा लागूऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरिएको हो ।
     
    पक्राउ पर्नेमा दाङको लमही नगरपालिका वडा नं ५ का सोनु श्रेष्ठ, विशाल कुँवर र दिवस डाँगी छन् । यस्तै २ जना १७ वर्ष उमेरका छन् ।
     
    उनीहरूको साथबाट १७ ग्राम ब्राउन सुगर फेला परेको बाँकेका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । 


    आइतवार, जेठ २९ २०७९०३:०४:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij