Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यस्तो रहने छ आजको मौसम

यस्तो रहने छ आजको मौसम

  • आइतवार, जेठ २९ २०७९

  • 762
    SHARES

  • यस्तो रहने छ आजको मौसम

    काठमाडौं । नेपालको प्रदेश न १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहेको छ ।

    लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    आइतबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    त्यस्तै सोमबार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ।

    प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश, गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


    आइतवार, जेठ २९ २०७९०६:३२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij