Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ

३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ

  • शनिवार, जेठ २८ २०७९

  • 628
    SHARES

  • ३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ
    काठमाडौं । काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । 
     
    पक्राउ पर्नेमा प्रहरीको सङ्गीत विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुइँटेल र दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् ।
     
    २५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनुभयो । सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरेका हुन् ।
     
    प्रहरी सहितको समुहले लैनचौरको व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा संलग्न रहेको आरोपमा अहिलेसम्म ४ जना पक्राउ परेका छन् ।
     


    शनिवार, जेठ २८ २०७९०८:२४:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij