काठमाडौं । ककनीको हाइटेन्टसन लाइनमा चढेका प्रेम बिकलाई नेपाली सेनाको टोलीले हेलिकप्टरमार्फत उद्धार गरेको छ । बिजुलीको पोलबाट तारमा चढेर हिँडिरहेका बिकलाई करिब ९ घण्टापछि उनको उद्धार गरिएको हो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले उद्धार गरिएपछि प्रहरीको जिम्मा लगाइएको बताए । बिहान १० बजे उनी बिजुलीको पोलबाट तारमा चढेका थिए ।
यसअघि माइला प्रशारण लाइन चढेपनि उनको ज्यान जोगाउन विद्युत प्रवाह नै बन्द गरिएको थियो । प्रहरी र सेनाले निकै प्रयास गर्दा पनि असफल भएपछि उनलाई बचाउन सेनाको हेलिकोप्टर प्रयोग भएको हो ।
६३ मेगावाट विद्युत अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा समेत समस्या भएको थियो । बेल्कोटगढी नगरपालिका घलेगाउँका माइला विक दिउँसो खम्बा चढेर तारसम्म पुगेका थिए । उनी तारमा चढ्न जालेपछि प्राधिकरणलाई जानकारी गराएर विद्युत प्रसारण काटिएको थियो ।
माइलाको ज्यान जोगाउन प्रहरी, सेना हुँदै प्राधिकरणले प्रधानमन्त्री शेरबहादुर देउवासम्म अनुरोध गरेको थियो ।