काठमाडौं । नेपाली सेनाको उद्धार टोली ककनी प्रस्थान गरेको छ।
नुवाकोटको ककनी गाउँपालिका–७ स्थित त्रिशूली ‘थ्रि ए’ मा झुन्डिएका पुरूषको उद्धार गर्न नेपाली सेनाको टोली खटिएको हो।
काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६ ३३ मिनेटमा उडेको सेना प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभयो ।
‘हेलिकप्टर उडिसकेको छ। घटनास्थलमा प्रहरीको टोली पनि छ। उनीहरूसँग समन्वय भइरहेको छ,’ उहाँले भने,‘विपद व्यवस्थापन सहितको टोली गएको हो।’