Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

तारमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह

तारमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह

  • शनिवार, जेठ २८ २०७९

  • 647
    SHARES

  • तारमा चढेका व्यक्तिको हेलिकप्टरबाट उद्धार गर्न मन्त्रीको आग्रह
    काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकामा त्रिशूली थ्री ए को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नेपाली सेनालाई आग्रह गर्नुभएको छ । 
     
    उहाँले शनिबार दिउँसो हेलिकप्टरबाट भए पनि ती व्यक्तिको उद्धार गर्न नेपाली सेनालाई भनेको बताउनुभएको छ । उहाँले ट्विटरमा लेखेकी छन्, ‘विद्युत् लाइनको जोखिमलाई ध्यान दिएर हेलिकप्टरबाट भए पनि उद्धार गरौँ ।’
     
    नुवाकोटकै बेलकोटगढी नगरपालिका–१२ का माइला विक शनिबार दिउँसो ककनी गाउँपालिका– ७ मा त्रिशूली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए । त्यसपछि प्रहरी र स्थानीय वासिन्दाले प्रयास गर्दा पनि उनी तल ओर्लन मानेका छैनन् ।
     
    उनी प्रसारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत् प्राधिकरणले सो प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको छ । त्यसका लागि त्रिशूली थ्री ए र नजिकका अरू साना विद्युत् गृहबाट उत्पादन बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताउनुभयो । 
     
    नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले हेलिकप्टर तयारी अवस्थामा रहेको बताउनुभएको छ । ‘अहिलेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरिरहेको छ । हाम्रो टोली हेलिकप्टरसहित स्ट्याण्डबाइ छ, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय भइरहेको छ’ उहाँले भन्नुभयो ।
     

     


    शनिवार, जेठ २८ २०७९०६:३९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij