Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विद्युत् तारमा हिँड्ने व्यक्तिको उद्धारमा सकस, के भन्छ प्रशासन ? 

विद्युत् तारमा हिँड्ने व्यक्तिको उद्धारमा सकस, के भन्छ प्रशासन ? 

  • शनिवार, जेठ २८ २०७९

  • 926
    SHARES

  • विद्युत् तारमा हिँड्ने व्यक्तिको उद्धारमा सकस, के भन्छ प्रशासन ? 
    काठमाडौं । नुवाकोटमा त्रिशूली थ्री ए को प्रसारण लाइनमा हिँड्ने व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । 
     
    शनिबार बिहान ९ बजेदेखि निरन्तर विद्युत् प्रसारण लाइनमा हिँडिरहेका नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विकको उद्धारमा समस्या परेको हो । उनी मानसिक रोगी रहेको बुझिएको छ । 
     
    भौगोलिक अवस्थाका कारण क्रेन प्रयोग गरेर उद्धार गर्न पनि कठिनाइ रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो । 
     
    उहाँले भन्नुभयो । ‘बिहानैदेखि प्रयास गरेका छौँ । मान्छे उद्धारकर्मीबाट भाग्ने, तर्किने गरिरहेको छ । मानसिक समस्यामा भएकाले पनि कठिनाइ भयो । उ उद्धारको प्रतीक्षामा नभएर प्रतिकारमा रहेको छ ।
     
    जिल्लाबाट थप जनपद र सशस्त्र प्रहरी टोली त्यसतर्फ पठाउँदैछौँ ।’ उहाँले स्थानीय प्रहरी तथा स्थानीय बासिन्दाले उद्धारको प्रयत्न गर्दा पनि सफल नभएको बताउनुभयो ।  
     
    प्रमुख जिल्ला अधिकारी रिसालले भन्नुभयो -‘त्यो ठाउँमा बाटो नभएकोले क्रेन लगेर उद्धार गर्न सम्भव छैन, हामी पोलमा गएर बोलायौं भने पनि तारैतार दर्गुछ । कुन विधिबाट कसरी उसलाई तल झार्न सकिन्छ त्यसबारेमा छलफल गरिरहेका छौँ ।’ झन्डै ८ घण्टादेखि विक विद्युत् तारमा बस्ने तथा हिँड्ने गरिरहेका छन् । २ सय २० केभीको सो प्रसारण लाइनमा विद्युत् आपूर्ति बन्द छ भने बिद्युत् प्राधिकरणले बिद्युत् उत्पादन समेत बन्द गरेको छ ।


    शनिवार, जेठ २८ २०७९०५:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij