Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दैलेखमा चार दिनसम्म निषेधाज्ञा जारी

दैलेखमा चार दिनसम्म निषेधाज्ञा जारी

  • बिहिवार, भाद्र ४ २०७७

  • 1.1K
    SHARES

  • दैलेखमा चार दिनसम्म निषेधाज्ञा जारी

    सुर्खेत । दैलेखमा तीजका बेला हुने भिडभाड कोरोना संक्रमण फैलिने जोखिमलाई मध्येनजर गर्दै चार दिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

    बिहीबार (आज) दुई बजेदेखि लागू हुने गरी ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ ।

    पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दो भए पनि तीजको बेलामा मान्छेहरु एकैटाउँमा जम्मा हुने र भिडभाड बढ्ने भएकाले ४ दिनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताउनुभयो ।


    बिहिवार, भाद्र ४ २०७७०४:१३:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij