Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वैदेशिक शिक्षाको लागि १० महिनामा मात्रै बाहिरियो ५१ अर्ब ३४ करोड

वैदेशिक शिक्षाको लागि १० महिनामा मात्रै बाहिरियो ५१ अर्ब ३४ करोड

  • शनिवार, जेठ २८ २०७९

  • 574
    SHARES

  • वैदेशिक शिक्षाको लागि १० महिनामा  मात्रै  बाहिरियो ५१ अर्ब ३४ करोड
    काठमाण्डौ । नेपालको खुद सेवा आय झन् घाटामा गएको छ ।
     
    नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको खुद सेवा आय ८९ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको १० महिनामा खुद सेवा आय ५९ अर्ब ९७ करोड रुपैयाँले घाटामा रहेको थियो ।
     
    गएको वर्षको १० महिनामा भन्दा यो वर्षको १० महिनामा सेवा आय ३० अर्ब रुपैयाँभन्दा बढी घाटामा गएको छ । खुद सेवा आय अन्तर्गत भ्रमण आय भने बढेको छ । साउनदेखि वैशाखसम्म नेपाल आउने पर्यटकले गर्ने खर्च अर्थात् भ्रमण आय २ सय ५९ दशमलव ९ प्रतिशतले बढेर २२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ ।
     
    अघिल्लो वर्षको १० महिनामा भ्रमण आय ६ अर्ब २४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेशमा गर्ने खर्च १ सय ४३ प्रतिशतले बढेर ७२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
     
    नेपालीले विदेशमा गरेको खर्च ७२ अर्ब ८ करोड रुपैयाँमध्ये शिक्षाको लागि मात्रै ५१ अर्ब ३४ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो वर्षको १० महिनामा नेपालीले विदेशमा २९ अर्ब ६२ करोड रुपैयाँ खर्च गरेकोमा शिक्षाको लागि २२ अर्ब ६४ करोड रुपैयाँ बाहिरिएको थियो ।


    शनिवार, जेठ २८ २०७९०२:२८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij