काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि तीब्र प्रतिस्पर्धा भएको छ । प्रहरीको माथिल्लो तह एसएसपीबाट डिआइजीमा बढुवासँगै एसएसपीमा ३१ सिट रिक्त हुँदै छन् ।
हाल एसएसपी पदमा बढुवा सूचीमा २०५१ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट नियुक्ति भएका एसपी दिल्लीराज विष्ट वरियता सूचीको पहिलो नम्बरमा रहनुभएको छ । एसपी विष्टलाई संगठनले यो बेला भने बढुवाका लागि पहिलो वरियतामा राखेको हो । कञ्चनपुर घटनापछि प्रहरी जीवनकालको ठूलो क्षति व्यहोरेका विष्टको गल्ती नभेटिएपछि उहाँ बढुवाको पहिलो नम्बरमा पर्नुभएको हो ।
नेपाल प्रहरीमा भर्ना भई विशेष प्रहरीमा नियुक्ति भएर पुनः नेपाल प्रहरीमा आएका एसपी गणेश चन्द र २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति भई सेवा परिवर्तन गरेर आएका र २०५४ सालमा नेपाल प्रहरीमा भर्ना भएका एसपीहरु प्रतिस्पर्धाको सूचीमा रहेका छन् ।
जसमा सिद्धिविक्रम शाह, माधवकुमार श्रेष्ठ, डम्बरबहादुर बिक, उमा चतुर्वेदी, ओमबहादुर राना, सुरेन्द्र गुरुङ, हिमालयकुमार श्रेष्ठ, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी, दानबहादुर कार्की, रेवती ढकाल, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्रप्रसाद भट्ट, मनोजकुमार यादव, किशनसिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, विनोद घिमिरे, जीवनकुमार श्रेष्ठ, दीपक रेग्मी, दीपककुमार बस्नेत, जयराम सापकोटा, शारदाप्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जिसी, रामेश्वर यादव, दिलीपसिंह देउवा, सञ्जिव शर्मा लगायत रहेका छन् ।
२०५१ साल चैत ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा हुनुभएको थियो । बढुवाको प्रतिस्पर्धामा रहेका एसपीहरु २०५३ सालमा र २०५४ सालमा सेवा प्रवेश गरेका र २०७४ सालमा एसपीमा वढुवा भएका हुन् ।
इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन् । हरेक कार्य क्षेत्रमा पुरस्कृत हुँदै आएका एसपी विष्ट कञ्चनपुर जिल्लामा कार्यरत हुँदा उहाँमाथि भ्रम, अफवाह र झुट्टा आरोप लगाएर कारबाही गरेको कुरा अदालतको फैसलाले समेत पुष्टि गरेको छ ।
विष्ट २०७५ सालमा नै एसएसपी बढुवाको प्रतिस्पर्धामा रहनुभएको थियो । भ्रम र अफवाहको वास्तविकता बुझ्न नसकी तत्कालीन केन्द्रीय प्रहरी नेतृत्वले जिल्ला प्रहरी कार्यालयले गरेको असल कार्यको अडान लिन र प्रतिरक्षा गर्न नसक्दा बिना कारण विष्ट पीडित हुनुपरेको थियो ।
विभिन्न निकायहरुबाट भएको अनुसन्धान तथा अदालतको फैसलापछि उहाँ पुनः सेवामा फर्किनुभएको हो । बिना कारण अफवाह र भीडको भावनामा बहकिएर कारबाही गर्दा उहाँको वृत्ति विकासमा गम्भीर असर परेको कुरा अदालतको २०७७ साल साउन २३ गरेको फैसलामा उल्लेख गरिएको छ ।
अदालतको फैसलामा स्पष्ट शब्दमा भनिएको छ – “अफवाहको पछि लागेर हुँदै नभएको मनगढन्ते कुराहरुलाई लिएर आफ्नो कर्तव्य पालनामा खटेका र राष्ट्रको सेवामा रगत पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृतहरु उपर निजहरुको मान प्रतिष्ठा र वृत्ति विकासमै गम्भीर असर पर्ने गरी अभियोजन गरेको देखियो । केही वर्ष अगाडी अमेरिकामा २० वर्षभन्दा बढी जेलमा रहेका एक अभियुक्तलाई माथिल्लो अदालतले निर्दाेष ठहराएपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाले सो मुद्दामा अध्ययन, अनुसन्धानको क्रममा गम्भीर त्रुटि भएको भनि राज्यको तर्फबाट सार्वजनिक रुपमा माफी मागेको कुरा सञ्चारमाध्यमहरुमा देखिएको थियो ।
कर्तव्य पालनमा खटिएका र कानून बमोजिमको जिम्मेवारी बहन गरिरहेका व्यक्तिहरु उपर बजार हल्ला र तथ्यहीन प्रतिवेदन तथा पुष्टि नहुने झुट्टा एवं मनगढन्ते कुराका आधारमा
इन्सेपक्टर र डिएसपी पदमा कार्यरत हुँदा विषम परिस्थितिमा चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक काम गरिसकेको र हरेक कार्य क्षेत्रहरुमा पुरस्कृत समेत भएका विष्ट हाल बढुवाको पहिलो वरियतामा रहेका छन् । बिना कारण पीडित हुनुपरेको र अदालतको स्पष्ट फैसलाको समेत मनन गरेर उहाँलाई पहिलो वरियातामा राखेको प्रहरी अधिकारी बताउँछन् ।