Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मुग्लिङ–आँबुखैरेनी सडकमा ४ दिन ठुला सवारी चलाउन रोक

मुग्लिङ–आँबुखैरेनी सडकमा ४ दिन ठुला सवारी चलाउन रोक

  • शुक्रवार, जेठ २७ २०७९

  • 428
    SHARES

  • मुग्लिङ–आँबुखैरेनी सडकमा ४ दिन ठुला सवारी चलाउन रोक
    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा अबको ४ दिन ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ। 
     
    तनहुँको आँबुखैरेनी गाउँपालिका–४, साँखरस्थित पावर हाउस नजिक वर्षाका कारण शुक्रबार(आज) बिहान सडक भासिएका कारण ठुला सवारीको आवागमनमा रोक लगाइएको हो। 
     
    अहिले सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा ल्याइएको छ। एकतर्फी रुपमा साना सवारी साधन मात्रै सञ्चालन गर्न मिल्ने भएकाले भित्तोतर्फको भाग काटेर सडक फराकिलो बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। 
     
    तनहुँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार सडक विभागले भित्तो काटेर सडक फराकिलो बनाउनुपर्ने बताएका कारण कम्तीमा ४ दिनका लागि ठुला सवारीको आवागमन रोकेर सडक फराकिलो बनाउन लागिएको हो। 
     
    आज बिहान सडक भासिदा सो ठाउँमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको थियो। सडक भासिएको स्थानमा २ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ। 


    शुक्रवार, जेठ २७ २०७९०३:०८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij