काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेसँगै सरकारले भाडा दर पनि समायोजन गरेको हो ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुवाहक तथा मालवाहक सवारीको भाडा दर बढेको जानकारी दिएको छ। जेठ ११ गते विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।
इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजन गर्ने नीति अनुरूप भाडा दर समायोजन भएको विभागको सूचनामा उल्लेख छ। नेपाल आयल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो ।
यात्रुवाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ भने पहाडी बाटोमा चल्ने मालवाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागको सूचनामा उल्लेख छ ।
यस्ताे छ नयाँ भाडादर: