Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सर्लाहीको लालबन्दीमा एकैदिन थपिए २४ कोरोना संक्रमित

सर्लाहीको लालबन्दीमा एकैदिन थपिए २४ कोरोना संक्रमित

  • बिहिवार, भाद्र ४ २०७७

  • 670
    SHARES

  • सर्लाहीको लालबन्दीमा एकैदिन थपिए २४ कोरोना संक्रमित

    सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आज (बिहिबार) एकै दिन २४ कोरोना संक्रमित थपिएका छन् । २ सय ३८ जनाको स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याएर परीक्षण गर्दा २४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    थपिएको २४ जना नै कोरोना संक्रमितहरु समुदायस्तरकै रहेको नगरपालिकाले जनाएको छ । थपिएको २४ जना कोरोना संक्रमितहरु मध्ये १ जना हरिपुर नगरपालिका, र बाँकी २३ जना लालबन्दी नगरपालिकाका हुन् ।

    लालबन्दीका २३ जना कोरोना संक्रमितहरुमध्ये १ जना बैंकका कर्मचारी, १ जना नगरपालिकाको कार्यालय सहयोगीलगाायत अधिकांश संक्रमितहरु व्यापारी तथा स्थानीयहरु रहेका छन् ।


    बिहिवार, भाद्र ४ २०७७०२:५८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij