Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

  • बिहिवार, जेठ २६ २०७९

  • 514
    SHARES

  • सरकारले भोलि बञ्चरेडाँडा संघर्ष समितिसँग वार्ता गर्ने

    काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि उत्पन्न विवाद मिलाउन भोलि वार्ता हुने भएको छ ।

    भोलि हुने वार्तामा सरकारको तर्फबाट शहरी विकास मन्त्री रामकुमारी झाँक्री, नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महत, संघर्ष समितिका संयोजक श्रीराम ढुंगाना लगायत फोहोर मैलाबाट प्रभावित स्थानका जनप्रतिनिधिहरु सहभागी हुने जनाईएको छ ।

    यसैगरी, काठमाडौंको फोहोर विसर्जनका लागि बन्चरेडाँडा गएका कन्टेनर आज पनि फिर्ता भएका छन् । स्थानीयले सडकमा छेकबार लगाएपछि कन्टेनर फर्किएका हुन्। हिजो पनि स्थानीयको अवरोधपछि कन्टेनर फोहोरसहित फिर्ता भएका थिए ।

    उपत्यकाको फाहोर करीब २ हप्तादेखि उठ्न सकेको छैन् । फोहोरले शहर नै दुर्गन्धित भएको छ । सोमबार मन्त्रालय, काठमाडौ महानगर र स्थानीयबीच सहमति भएपनि स्थानीयहरुले फोहोर विसर्जन गर्न दिएका छैनन् । दैनिक अवरोध सिर्जना गरेका छन् ।

    यसैबीच, बञ्चरेडाँडाबाट हिजो दिउँसो पक्राउ परेका संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित तीन जनालाई प्रहरीले आज बिहान छाडेको छ ।


    बिहिवार, जेठ २६ २०७९०६:१०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij