Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरोका कारण पृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध

पहिरोका कारण पृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध

  • बिहिवार, जेठ २६ २०७९

  • 457
    SHARES

  • पहिरोका कारण पृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध

    काठमाडौं । ठाउँ ठाउँमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग बुधबार रातिदेखि नै अवरुद्ध छ ।

    बुधबार राति ११ बजेतिर घोप्टेभिरमा गएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहीबार बिहान चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थिति नाम्सीखोलामा पनि पहिरो जाँदा सडक अवरुद्ध भएको छ । वर्षा नरोकिएकाले सडकको पहिरो अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । १२ घण्टादेखि दुईतर्फी सडक अवरुद्ध हुँदा यात्रुहरुको बिचल्ली भएको छ ।

    काठमाडौंतर्फ नागढुंगा थानकोट क्षेत्रमै सवारी साधनहरुको लाइन लागेको छ भने पश्चिमतर्फ मुग्लिन पारी आँबु खैरेनीदेखि नै सवारी साधनको लाइन रहेको पनि प्रहरीले बताएको छ । पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखे पनि ठूल्ठूला ढुंगासहितको पहिरो निरन्तर खसिरहेकाले पन्छाउन नसकिएको प्रहरीको भनाइ छ ।

    घोप्टेभीरको पहिरो निकै ठूलो रहेकाले पन्छाएर बाटो खुलाउन लामो समय लाग्नसक्ने प्रहरीले जनाएको छ । बुधबार साँझ हिडेका यात्रुहरु विचल्ली भएकाले बिहीबार बिहानदेखि भने सवारी साधनहरुलाई नाका नाकामै रोकिएको प्रहरीले बताएको छ ।

    उता, चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलाको नाम्सी पुलमा गएको पहिरोले मुग्लिन–चितवन सडकखण्ड पनि अवरुद्ध भएको छ । त्यहाँ पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउन कठिनाई भईरहेको छ ।


    बिहिवार, जेठ २६ २०७९११:३५:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij