Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निषेधाज्ञा प्रभाव : नागढुंगामा रोकिए सयौं मालबाहक सवारी साधन

निषेधाज्ञा प्रभाव : नागढुंगामा रोकिए सयौं मालबाहक सवारी साधन

  • बिहिवार, भाद्र ४ २०७७

  • 2.0K
    SHARES

  • निषेधाज्ञा प्रभाव : नागढुंगामा रोकिए सयौं मालबाहक सवारी साधन

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा सयौं मालबाहक सवारी साधन रोकिएका छन् ।

    गएराति १२ बजेपछि निषेधाज्ञा सुरु भएपछि खाद्यान्न, तरकारी, औषधी, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधन मात्र प्रवेश दिइएको छ । तीबाहेक अन्य सामग्री लिएर आएका गाडीहरु भने नागढुंगामै रोकिएका छन् ।

    महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले अत्यावश्यकबाहेकका अरु सवारी साधनलाई रोकिएको जानकारी दिनुभयो । लत्ता कपडा, सिमेन्ट, प्लास्टिकलगायतका सामग्री बोकेर आएका ट्रकहरु रोकिएका छन् ।

    यातायात व्यवसायीले भने गन्तव्यमा हिँडेका ट्रक बाटैमा रोकिँदा समस्या भएको बताएका छन् ।


    बिहिवार, भाद्र ४ २०७७०२:२५:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij