Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

  • बिहिवार, जेठ २६ २०७९

  • 745
    SHARES

  • देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

    काठमाडौं । आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

    उहाँका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ ।

    मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र जमिनले सोस्नु पर्ने जति पानी सोसिसकेकाले अबको वर्षाले बाढी पहिरोको जोखिम बढाउने मौसमविद् सापकोटाले बताउनुभयो ।

     


    बिहिवार, जेठ २६ २०७९०८:३१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij