Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

फोहोर विसर्जन गर्न आज पनि स्थानीयले गरे अवरोध

फोहोर विसर्जन गर्न आज पनि स्थानीयले गरे अवरोध

  • बुधवार, जेठ २५ २०७९

  • 463
    SHARES

  • फोहोर विसर्जन गर्न आज पनि स्थानीयले गरे अवरोध

    काठमाडौं । बन्चरेडाँडामा काठमाडौं महानगरपालिको फोहोर विसर्जन गर्न आज (बुधबार) पनि स्थानीयले अवरोध गरेका छन्।

    काठमाडौंबाट फोहोर बाेकेर गएका गाडीलाई स्थानीयवासीले रोकेका हुन् । अवराेधलाई हटाउने प्रयास भइरहेको काठमाडौं महानगरपालिकाले जनाएकाे छ।

    स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । अवरोधपछि प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको थियाे ।

    फोहोर बोकेका गाडी अवरोध गर्ने केही स्थानीय बासिन्दालाईसमेत प्रहरीले नियन्त्रणमा लिएको थियाे ।


    बुधवार, जेठ २५ २०७९११:४९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij