काठमाडौं । सुनको आज मुल्य पनि घटेको छ । आज छापावाल सुनको मुल्य तोलामा १६ सय रुपैयाँले घटेको हो । हिजो तोलाको १ लाख ४ सय रुपैयाँ कारोबार भएको छापावाल सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै महासंघका अनुसार तेजावी सुनको भाउ पनि घटेर तोलाको ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउमा पनि तोलामा २० रुपैयाँले गिरावट आएको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलाको १३ सय ६० रुपैयाँ कायम गरेको छ । हिजो तोलाको १३ सय ८० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।