Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अब काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने  

अब काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने  

  • मंगलवार, जेठ २४ २०७९

  • 860
    SHARES

  • अब काठमाडौं उपत्यकामा ४ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने  
    काठमाडौँ । अब काठमाडौं उपत्यकामा आवासीय प्रयोजन अर्थात् घर बनाउनका लागि ४ आना (१३० वर्गमिटर) भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने भएको छ । 
     
    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार गरेको भू-उपयोग नियमावली २०७९ मा सो व्यवस्था गरिएको हो । यो राजपत्रमा प्रकाशन गरी लागू गरिएको छ ।
     
    तर आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरिएको छ । यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ । त्यस्तै ५०० वर्गमिटरभन्दा सानो कित्ताको हकमा चौडाइभन्दा लम्बाइ चार गुणाभन्दा बढी हुनेगरी कित्ताकाट गर्न पाइने छैन ।
     
    कृषि क्षेत्रको रुपमा तोकिएको जग्गालाई काठमाडौं उपत्यकामा १५.७३ आना अर्थात् ५०० वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने भएको छ । तराई र भित्री मधेसको हकमा भने ६७५ वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न पाइनेछैन । 
     
    काठमाडौं, तराई र मधेशबाहेक पहाडी तथा हिमाली भेगमा भने १ हजार वर्गमिटरभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने सो नियमावलीमा उल्लेख छ ।
    landkitta-0762022103830-1000x0.jpg
    kitta-4-0762022105639-1000x0.jpg


    मंगलवार, जेठ २४ २०७९०३:२४:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij