Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको कार्यक्रममा हजुरआमासँगै गएर बेपत्ता भएकी बालिका मृत फेला

कांग्रेसको कार्यक्रममा हजुरआमासँगै गएर बेपत्ता भएकी बालिका मृत फेला

  • मंगलवार, जेठ २४ २०७९

  • 505
    SHARES

  • कांग्रेसको कार्यक्रममा हजुरआमासँगै गएर बेपत्ता भएकी बालिका मृत फेला
    काठमाडौं । सुर्खेतमा ४ दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली कांग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट बेपत्ता भएकी थिइन् ।
     
    आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि प्रहरीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले शव घरदेखि झण्डै एक सय मिटर दुरीमा मंगलबार(आज) बिहान फेला परेको जानकारी दिनुभयो ।
     
    घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृत्युको कारण नखुलेपनि संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
     


    मंगलवार, जेठ २४ २०७९१२:१६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij