Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाइने

काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाइने

  • मंगलवार, जेठ २४ २०७९

  • 513
    SHARES

  • काठमाडौं उपत्यकामा आजबाट फोहोर उठाइने

    काठमाडौं । काठमाण्डौको फोहर आजदेखि उठाइने भएको छ । केही दिनयता काठमाण्डौमा थुप्रिएको फोहर आज बिहानदेखि बन्चरेडाँडा डम्पिङ साइटमा लैजाने सहमति भएको छ ।

    सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट सहमतिपत्रमा हस्ताक्षर गरिएको छ । सहरी विकास मन्त्रालयमा हिजो अबेर काठमाण्डौ महानगरपालिका, सिसडोल र बन्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने सहमति भएको हो ।

    सहरी विकास मन्त्रालयले सडक, नदी नियन्त्रण, सामुदायिक भवन, मन्दिर निर्माण र वृक्षारोपणका लागि बजेट विनियोजन गरेको, अधिग्रहण गर्नुपर्ने जग्गा एकीन गरी प्रक्रिया सुरु गर्ने र प्रभाविक क्षेत्रको बासिन्दाका लागि १० बेडको अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने प्रतिबद्धता जनाएको छ ।

    काठमाण्डौ महानगरपालिकाले उपत्यकामा उत्पादन हुने फोहरलाई आउन साउन एक गतेदेखि स्रोतमै वर्गीकरण गर्न सुरु गर्ने प्रतिबद्धता जनाएको छ । १० दिनभित्र रासायनिक र जैविक उपचार गरी दुर्गन्ध हटाउने प्रतिबद्धता पनि महानगरले जनाएको छ ।

    वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा ६ महिनाभित्र सिसडोलको पोष्ट क्लोजर सुरु गर्ने प्रतिबद्धता पनि काठमाण्डौ महानगरले जनाएको छ । फोहर विसर्जनमा ककनी गाउँपालिका र धुनिबेसी नगरपालिकाले सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    काठमाण्डौ उपत्यकामा लामो समयदेखि फोहर नियमित नउठ्दा दुर्गन्धित बनेको छ । आजदेखि फोहर उठ्न थाले पनि पूरै उठाइसक्न भने केही दिन लाग्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।


    मंगलवार, जेठ २४ २०७९०९:३६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij