Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

फर्पिङको जंगलमा युवा–युवती मृत फेला

फर्पिङको जंगलमा युवा–युवती मृत फेला

  • सोमवार, जेठ २३ २०७९

  • 362
    SHARES

  • फर्पिङको जंगलमा युवा–युवती मृत फेला
    काठमाडौं ।  काठमाडौंको फर्पिङस्थित जंगलमा युवक र युवती गरी २ जना मृत फेला परेका छन्।
     
    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले सोमबार(आज) बिहान फर्पिङको जंगलमा युवक र युवती गरी २ जनाको शव फेला परेको जानकारी दिनुभयो। 
     
    मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उमेरले २०–२२ वर्षको देखिने दुवैको पहिचान भने खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     


    सोमवार, जेठ २३ २०७९०१:३६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij