Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा सार्वजनिक शौचालय पहिचानका लागि सङ्केत चिन्ह तयार

काठमाडौंमा सार्वजनिक शौचालय पहिचानका लागि सङ्केत चिन्ह तयार

  • सोमवार, जेठ २३ २०७९

  • 812
    SHARES

  • काठमाडौंमा सार्वजनिक शौचालय पहिचानका लागि सङ्केत चिन्ह तयार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्ह तयार पारेको छ ।

    सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर सङ्केत चिन्ह तयार पारिएको हो ।

    गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

    महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी संघ संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरिएको छ ।


    सोमवार, जेठ २३ २०७९१०:१५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij