क्याटलान क्लब बार्सिलोनाले रोनाल्ड कोम्यानलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
बार्सिलोनाका पूर्वखेलाडीसमेत रहेका कोम्यान नेदरल्यान्ड्स राष्ट्रिय टिमका प्रशिक्षक थिए । राष्ट्रिय टोली छोड्न लगाउँदै आज उनलाई नियुक्त गरिएको क्लबले जनाएको छ ।
५७ वर्षीय कोम्यानलाई बार्सिलोनाले दुई वर्षको सम्झौता गरेको छ । कोम्यान यसअघि १९९८–२००० मा बार्सिलोनाको सहायक प्रशिक्षकसमेत बनेका थिए ।