Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रुपन्देही दुर्घटना अपडेट : घाइतेहरुकाे उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

रुपन्देही दुर्घटना अपडेट : घाइतेहरुकाे उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

  • आइतवार, जेठ २२ २०७९

  • 662
    SHARES

  • रुपन्देही दुर्घटना अपडेट : घाइतेहरुकाे उपचारमा विशेष ध्यान दिन गृहमन्त्रीको निर्देशन

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीमा भएको बस दुर्घटनाका घाइतेको शीघ्र स्वास्थ्य उपचारमा ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

    गृहमन्त्री खाणले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेलाई भरपर्दो उपचारको व्यवस्था गर्न निर्देशन दिनुभएको हो।

    गृहमन्त्री खाणले घाइतेहरूको उपचार भइरहेको भीम अस्पतालका अध्यक्ष कुलप्रसाद न्यौपाने र मेडिकल सुपरिन्टेन्डेण्ट डा। शकुन्तला गुप्ता तथा युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख तेज केसीलाई सम्पर्क गरी घाइतेहरूको यथाशक्य उपचारको व्यवस्था गर्न आग्रह गर्नुभएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो।

    रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार बिहान रोहिणी गाउँपालिका–३ मा पर्ने भैरहवा–परासी हुलाकी सडक खण्ड अन्तर्गत रोहिणी पुलमा जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको थियो । दुर्घटनामा नौ जनाको ज्यान गएको थियो । ज्यान गुमाउनेमा एक महिला र आठ पुरुष रहेका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो।

    उहाँका अनुसार ज्यान गुमाएकामध्ये पाँच जनाको परिचय खुलेको छ । परिचय खुलेका मृतकमा रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा–२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालीकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्मा रहेका छन् । प्रहरीले चालक निदाएर दुर्घटना भएको अनुमान गरेको छ।


    आइतवार, जेठ २२ २०७९११:२४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij