Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बस दुर्घटना अपडेट : मृतक ९ जनामध्ये ५ जनाको सनाखत

बस दुर्घटना अपडेट : मृतक ९ जनामध्ये ५ जनाको सनाखत

  • आइतवार, जेठ २२ २०७९

  • 368
    SHARES

  • बस दुर्घटना अपडेट : मृतक ९ जनामध्ये ५ जनाको सनाखत

    काठमाडौं । रुपन्देहीको रोहिणी खोलाको पुलबाट बस खस्दा मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको परिचय खुल्न बाँकी रहेको छ ।

    भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका लागि पुर्‍याइएका २० जना घाइतेमध्ये ५ जनाको मृत्यु भएकोमा ३ जनाको सनाखत भएको छ भने भीम अस्पतालमा मृत्यु भएका २ जनाको सनाखत भएको छ ।

    रुपन्देही डिएपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेमा बुटवल योगीकुटीका ५६ वर्षीय विष्णु पौडेल, रौतहट जिल्लाका २० वर्षीय दिनेश दास र बुटवल ११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रुपन्देहीको ओमसतिया–४ मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको खुलेको छ । दुर्घटनामा भारतीय नागरिक ४० वर्षीय अरविन्द शर्माको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

    जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस भैरहवा–परसी हुलाकी सडक खण्डमा स्थित पुलबाट खसेको थियो ।

    यता, गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा कमी हुन नदिन निर्देशन दिनुभएको छ । दुर्घटनामा मृत्यु हुनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गृहमन्त्री खाँणले घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो ।


    आइतवार, जेठ २२ २०७९१०:२१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij