Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आचार्यको अध्यक्षतामा गणित समाज लुम्बिनी च्याप्टरको नयाँ कार्यसमिति चयन

आचार्यको अध्यक्षतामा गणित समाज लुम्बिनी च्याप्टरको नयाँ कार्यसमिति चयन

  • आइतवार, जेठ २२ २०७९

  • 742
    SHARES

  • आचार्यको अध्यक्षतामा गणित समाज लुम्बिनी च्याप्टरको नयाँ कार्यसमिति चयन

    काठमाडौं । नेपाल गणित समाज लुम्बिनी च्याप्टरको नयाँ कार्यसमिति चयन गरिएको छ ।  २ दिने कार्यशाला एवम् अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो । 

    अधिवेशनबाट गोपाल प्रसाद आचार्य अध्यक्षमा चयन हुनुभएको छ । उपाध्यक्षमा पिताम्बर तिवारी, सचिवमा थानेश्वर भण्डारी, सहसचिवमा परशुराम चौधरी र कोषाध्यक्षमा दीपक ज्ञवाली चयन हुनुभएको छ । 

    सदस्यमा देवीराम पौडेल, प्रेम प्रकाश काफ्ले, लक्ष्मीनारायण चौधरी, रविकुमार केसरी, विष्णु पाण्डेय र खेम कोइराला चयन भएको नेपाल गणित समाजका केन्द्रीय सभापति प्रा.डा. नारायण प्रसाद पहाडीले जानकारी दिनुभयो । 

    नेपाल गणित समाजका केन्द्रीय सभापति प्रा.डा. पहाडीको प्रमुख आतिथ्यता, शिक्षा मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा फोर्ट भ्याली स्टेट युनिभर्सिटीका सह प्राध्यापक डा.ईश्वरी जंग कुँवरले गणितका आधारभूत तहमा अनुसन्धान र नेपाली सन्दर्भमा स्कुल तथा विश्व विद्यालय तहमा गणित शिक्षणमा रहेका समस्या तथा तिनका समाधानका उपायहरूबारे २ दिने प्रशिक्षण दिनुभएको थियो ।

    अध्यक्ष शेषराज भट्टराईको अध्यक्षता र सचिव गोपाल आचार्यद्वारा सञ्चालित उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका गणित विषयमा स्नातकोत्तर गरी शिक्षण पेशामा संलग्न ८२ जना व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शेषराज भट्टराई, डा.जीवन काफ्ले, पिताम्बर तिवारी, थानेश्वर भण्डारी, प्रेम शाहलगायतको प्रस्तुति रहेको थियो ।

    गणितलाई जीवनोपयोगी बनाउने गरी अनुसन्धानलाई बढाउने, गणित शिक्षणलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण दिइएको हो । 


    आइतवार, जेठ २२ २०७९०७:४५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij