Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भैरहवा-परासी हुलाकी राजमार्गमा बस दुर्घटना, ९ जनाको मृत्यु

भैरहवा-परासी हुलाकी राजमार्गमा बस दुर्घटना, ९ जनाको मृत्यु

  • आइतवार, जेठ २२ २०७९

  • 686
    SHARES

  • भैरहवा-परासी हुलाकी राजमार्गमा बस दुर्घटना, ९ जनाको मृत्यु

    बुटवल । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुसहितको बस भैरहवा-परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । 

    लु २ ख ३८४१ नम्बरको उक्त रात्रिकालीन बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु भएको र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

    आइतबार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।  घाइतेमध्ये उपचारको क्रममा पाँच जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र ४ जनाको भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले पुष्टि गर्नुभएको छ ।

    मृतकमध्ये एक जना महिला र अरु ८ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भइसकेको छैन । दुर्घटनामा घाइतेहरूको भैरहवाको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको छ ।


    आइतवार, जेठ २२ २०७९०७:०७:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij