Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको रेस्टुरेन्टमा २० वर्षीया युवती बलात्कृत

काठमाडौंको रेस्टुरेन्टमा २० वर्षीया युवती बलात्कृत

  • शनिवार, जेठ २१ २०७९

  • 1.7K
    SHARES

  • काठमाडौंको रेस्टुरेन्टमा २० वर्षीया युवती बलात्कृत
    काठमाडौं । काठमाडौंमा २० वर्षीया युवती बलात्कृत भएकी छन् । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ चाबहिल बस्ने दोलखा तामाकोसी गाउँपालिका-६ च्यामा घर भएका १९ वर्षीय जीवन केसीलाई गएराति प्रहरीले पक्राउ गरेको छ । 
     
    काठमाडौं महानगरपालिका-१ हात्तीसारस्थित रेस्टुरेन्टमा वेटर काम गर्ने जीवनले ती महिलालाई सोही रेस्टुरेन्टमा जबरजस्ती करणी गरेको भन्ने प्राप्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
     
    उता रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका-१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र सोही गाउँपालिका-२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् । 
     
    बुटवल उपमहानगरपालिका-१६ बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका-१ शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको हो । साथै हाल फरार प्रेम थारूको प्रहरीले खोजी गरिरहेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
     


    शनिवार, जेठ २१ २०७९०५:२७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij