काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन सरकारसँग माग गर्दै शनिबार(आज) पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
पीडाको कुनै हदम्याद हुँदैन भन्ने मूल नारासहित सो प्रदर्शन गरिएको हो । सडकमा पलेटी कसेर बसेका प्रदर्शनकारीहरूले पीडकलाई कडा कारबाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।
उक्त अवसरमा अवसरमा उनीहरूले ‘दया होइन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौँ’, ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।